भारतमा पेट्रोल र डिजेलको मूल्य घट्यो

न्युजलय ८ जेठ २०७९, आइतबार १०:५७ मा प्रकाशित

नयाँ दिल्ली । भारत सरकारले शनिबार पेट्रोल र डिजेलको मूल्य घटाएको घोषणा गरेको छ। 

केन्द्र सरकारले पेट्रोल र डिजेलमा अन्तःशुल्क घटाएको छ। सरकारले पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ र डिजेलमा प्रतिलिटर ६ रुपैयाँ अन्तःशुल्क घटाएको हो। 

भारत सरकारको यो निर्णयले भारतका आम जनतालाई राहत दिएको छ । मोदी सरकारको यो निर्णयको असर पाकिस्तानमा पनि परेको छ।

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले भारत सरकारको यो निर्णयको प्रशंसा गरेका छन्। उनले ट्वीट गर्दै मोदी सरकारको तारिफ गरेका छन्।