बम प्रहार गर्ने धम्की आएपछि टोकियो उच्च अदालत बन्द

न्युजलय २९ कार्तिक २०७९, मङ्गलबार ०७:०४ मा प्रकाशित

काठमाडौं । सोमबार टोकियो उच्च अदालतमा बम राखिएको धम्की आएपछि केहि समय दैनिक कामकाज ठप्प भएको बुझिएको छ ।


टोकियोको कासुमिगासेकी प्रशासनिक क्षेत्रको मुटुमा रहेको उच्च अदालत भवन दिउँसोदेखि २ बजेसम्म प्रवेश बन्द गरी सुरक्षा जाँच गरिएको थियो। त्यस अवधीमा कुल २६७ मुद्दाहरुमा बहस हुने समय तालिका तय भएका थिए । बमको धम्की पश्चात हिजो सम्पुर्ण अदालती प्रकृयाहरु प्रभावित भएका थिए ।


जापानका विभिन्न सरकारी निकायहरुमा ईमेल तथा पत्र मार्फत बम पड्काउने धम्की आउने गरेको छ । यद्यपी हालसम्म त्यस्ता धम्की दिनेहरुले वास्तवमा बम हमला गरेको घटना भने छैन।