हङकङमा एकैदिन थपिए ५० हजारभन्दा धेरै कोरोनाका संक्रमित

न्युजलय १८ फाल्गुण २०७८, बुधबार ०२:११ मा प्रकाशित

काठमाण्डौ । हङकङमा बुधबार(आज) एकैदिन ५० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन्।

साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेअनुसार सरकारका मेडिकल स्रोतले ५० हजारभन्दा धेरै नयाँ संक्रमित थपिएको जानकारी दिएको हो। 

कोरोनाको ओमिक्रोन भेरियन्टसहितको संक्रमण फैलिएसँगै अहिले हङकङ पाँचौं लहरको सामना गरिरहेको छ।

कोरोना नियन्त्रणको लागि हङकङले सबै मानिसको कोरोना परीक्षण गर्ने तयारी गरिरहेको छ। साथै स्वास्थ्य सेवामा पनि संकट देखिएको छ।