काठमाडौं । रुसले युक्रेनमा आफ्नो सेनाको संख्या बढाएको छ । एक सैन्य विज्ञले ७५ प्रतिशत रुसी सेना युक्रेनविरुद्धको युद्धमा रहेको दाबी गरेका छन् ।
रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका ल्याण्ड वारफेयर र मिलिटरी साइन्सेसका अनुसन्धानकर्ता ज्याक वाटलिङले यो जानकारी दिएका हुन् । एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले पनि यो संख्या उल्लेख गरेका छन् ।
वाटलिङले बीबीसी रेडियो ४ को कार्यक्रममा ठूलो संख्यामा रुसी सेना बेलारुसबाट दक्षिणतर्फ सर्दै कीभमा आक्रमण गर्ने तयारी गरिरहेको बताए ।
रुसले खार्किभको आवासीय क्षेत्रहरूमा मिसाइलहरू प्रहार गरेको बारे उनले यी हतियारलाई बहु प्रक्षेपण रकेट प्रणालीको रूपमा व्याख्या गरे । उनका अनुसार जसले क्षेत्रभित्र कुनै पनि दिशाबाट ठूलो संख्यामा मिसाइलहरू प्रहार गर्दछ ।