भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै

न्युजलय १२ बैशाख २०७९, सोमबार ०१:०४ मा प्रकाशित

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ ।

भारतका कम्तीमा १२ राज्यमा संक्रमण बढ्दै गएको छ । १८ अप्रिलदेखि २४ अप्रिल अर्थात् एक हप्तामा भारतमा १५ हजार ७ सय नयाँ संक्रमित थपिएका हुन् ।

यो भन्दा अघिल्ला सात दिनमा ८ हजार ५० मात्रै नयाँ संक्रमित थपिएका थिए । यो हप्ता करिब ९५ प्रतिशत बढी संक्रमित थपिएका हुन् ।

विगत ११ हप्तामा निरन्तरको घट्दो संक्रमणपछि पछिल्ला २ हप्तामा संक्रमण बढेको छ । संक्रमण बढ्न थालेसँगै भारतमा कोरोना महामारीको चौंथो लहर आउन सक्ने चिन्ता बढ्न थालेको छ ।

यसै समयमा अर्को छिमेकी मुलुक चीनमा पनि कोरोना भाइरसको संक्रमण बढ्दो छ ।