काठमाडौं । पूर्वी सिरियामा एउटा बसमा भएको आक्रमणमा कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको छ ।
इस्लामिक स्टेट जिहादी सङ्गठन अझै सक्रिय रहेको राका प्रान्तमा सोमबार भएको आक्रमण कसले गराएको हो भन्ने बारे तत्काल पुष्टि गर्न नसक्ने युद्ध अनुगमन समूहले जनाएको छ।