भारतमा एक नेपाली महिलाको हत्या

न्युजलय २५ फाल्गुण २०७८, बुधबार १२:५२ मा प्रकाशित

काठमाण्डौ  । भारतको इन्दौरमा एक नेपाली महिलाको छुरा प्रहार गरी हत्या गरिएको छ ।

इन्दौर प्रहरीले राउ इलाका प्रहरी थाना सीमा अन्तर्गत गुरुकुल नगरमा एक नेपाली महिलालाई छुरा प्रहार गरी हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

२८ बर्षिय कृष्णाको शुक्रबार घरमा एक्लै हुँदा हत्या भएको प्रहरीले जनाएको छ ।

श्रीमान् गोविन्द पिग्दम्बर क्षेत्रमा काममा गएका बेला अभियुक्त वीरेन्द्र लोधीले महिलाको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ । 

छिमेकीहरूले गोविन्दलाई उनकी श्रीमतीलाई अज्ञात व्यक्तिले छुरा प्रहार गरेको जानकारी दिएपछि हत्याको खुलासा भएको हो ।

गोविन्दले आफ्नी श्रीमती घरमा रगतले लतपतिएको अवस्थामा घाइते अवस्थामा भेटेर तत्कालै अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले पीडितका श्रीमानको बयान लिई घटनाको अनुसन्धान सुरु गरेको छ ।