भारतको केरलामा बाढी, १६ जनाको मृत्यु

न्युजलय ३१ असोज २०७८, आइतबार १२:५८ मा प्रकाशित

काठमाण्डौ । भारतको केरलामा बाढीका कारण जनजीवन प्रभावित भएको छ। 

शुक्रवारदेखि परेको अविरल वर्षासँगै आएको बाढीका कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् । 

बाढीसँगै आएको पहिरोका कारण कतिपय स्थानमा सडकमार्ग अवरुद्ध भएका छन्। बाढीमा परी धेरैजना घाइते भएको र दर्जनौं व्यक्ति हराइरहेका छन्।

प्रहरीले सेनाले बाढी प्रभावित क्षेत्रमा उद्धारकार्यका साथै बेपत्ताहरुको खोजी कार्य जारी राखेको छ ।