दिल्लीका स्वास्थ्य मन्त्री सत्येन्द्र जैन पक्राउ

न्युजलय १७ जेठ २०७९, मङ्गलबार ०७:१४ मा प्रकाशित

काठमाडौं । दिल्लीमा अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री सत्येन्द्र जैनलाई प्रवर्तन निर्देशालय इडीले सोमबार पक्राउ गरेको छ । समाचार एजेन्सी पिटिआइको रिपोर्टअनुसार उनलाई भ्रष्टाचारको एक विषयमा पक्राउ गरिएको हो ।

 

भारतको अर्को समाचार एजेन्सी एएनआईका अनुसार कोलकोताको एक कम्पनीसँग जोडिएको लेनदेन मुद्दामा उनलाई पक्राउ गरिएको हो । उनको घरमा इडीले छापा मारेर उनलाई नियन्त्रणमा लिएको हो ।


दिल्लीको गृह तथा स्वास्थ्य विभागको साथसाथै जैनसँग दिल्लीको ऊर्जा, लोक निर्माण विभाग, उद्योग, शहरी विकास तथा सिंचाई र जलसंसाधन विभागको पनि जिम्मेवारी दिइएको छ ।

 

उनी पक्राउ पर्नुअघि उनको विषयमा सिबिआइले अनुसन्धान गरेको थियो । उनको र उनकी पत्नी पुनम जैनको शेयर होल्डिङ रहेका कम्पनीहरुको ४.८१ करोड भारतीय रुपैयाँ पनि भारतीय प्रहरीले नियन्त्रणमा लिएको छ ।


यसअघि २५ अगस्ट २०१७ मा नै अवैध लेनदेन गरेको भन्दै उनीमाथि छानबिन सुरु भएको थियो ।