इटालीमा फेरि बढ्यो कोरोना संक्रमण

न्युजलय ११ बैशाख २०७९, आइतबार १०:४४ मा प्रकाशित

काठमाण्डौ । इटालीमा पुन कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ । शनिबार एकैदिन ७० हजार ५२० जना नयाँ संक्रमित फेला परेका छन् ।  

कोभिडका कारण त्यहाँ १४३ जनाको मृत्यु भएको छ । इटालीमा शुक्रबार कोभिडबाट २०२ जनाको मृत्यु भएको थियो । 

हालसम्म इटालीमा कोरोनाका कारण अहिलेसम्म १ लाख ६२ हजार ६०९ जनाको मृत्यु भइसकेको छ । युरोपमा बेलायतपछि इटालीमा कोरोनाका कारण धेरै मानिसहरूको मृत्यु भएको छ ।