एजेन्सी । रुसमा कोरोना भाइरसबाट शनिबार पहिलोपटक एकै दिन एक हजार मानिसको ज्यान गएको छ ।
हप्ताभर नै रुसमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या बढ्दो क्रममा देखिएको छ। नागरिकहरुले खोप लगाउन आनाकानी गरेका कारण मृत्यु हुनेहरु बढेको रुस सरकारले बताएको छ।
रुसमा अहिलेसम्म कोभिड १९ का कारण दुई लाख २२ हजार भन्दा बढीको ज्यान गएको छ ।