ब्राजिलमा बाढी पहिरोमा परेर मृत्यु हुनेको संख्या ९१ पुग्यो

न्युजलय १७ जेठ २०७९, मङ्गलबार ०३:१३ मा प्रकाशित

काठमाडौँ । बाढीमा परेर ब्राजिलमा मृत्यु हुनेको संख्या ९१ जना पुगेको छ । केही दिनदेखि ब्राजिलमा भारी वर्षा भइरहेको छ ।

भारी वर्षामा परेर ज्यान गुमाउने अधिकांश उत्तरी ब्राजिलको रेसिफे सहर र त्यस वरपरको क्षेत्रका रहेको ब्राजिलका अधिकारीहरुले जानकारी दिएका छन् ।

ब्राजिलको उत्तर पश्चिमी प्रेनाम्बुकको राज्यमा शुक्रबारदेखि पानी परिरहेको छ । अहिले पनि कतिपय स्थानमा बाढीको प्रकोप देखिएको बताइएको छ ।

भारी वर्षा र त्यसपछिको बाढीले गर्दा अहिले सम्म २६ जना स्थानीय नागरिक हराइरहेका उद्धारमा खटिएका अधिकारीहरुले जानकारी दिएका छन् ।

उत्तरी ब्राजिलका विभिन्न १४ वटा नगरपालिकामा गरेर ती नागरिकको ज्यान गएको र कम्तीमा पनि पाँच हजार जना विस्थापित हुन पुगेका छन् ।