काठमाण्डौ । भारतको दक्षिणी राज्य तामिलनाडुमा पूर्ण लकडाउन भएको छ।
पछिल्लो समय देखा परेको कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन नियन्त्रणका लागि सो राज्यमा आइतबार(आज) देखि पूर्ण लकडाउन सुरु भएको हो।
कोभिड–१९ नियन्त्रण एवं रोकथामका लागि तामिलनाडु सरकारले लकडाउनको निर्णय गरेको हो। लकडाउन सुरु भएपछि तामिलनाडुका चेन्नाईलगायत मुख्य सहर सुनसान बनेको बताइएको छ।
लकडाउनपछि विहे, ब्रतबन्ध र महत्वपूर्ण कार्यक्रममा हिडेकाहरुले मात्रा यात्रा गर्न पाउने र महत्वपूर्ण कार्यक्रममा बढीमा १ सय मानिसमात्र उपस्थित हुन पाउने बताइएको छ।
त्यहाँका किराना पसल, पेट्रोल पम्प र अन्य अत्यावश्यक सामग्रीका पसलहरु सिमित समयमा मात्र खोल्न पाइने हिन्दुस्तान टाइम्समा खबर छ।