काठमाडौं । अफगानिस्तानमा भूकम्पका कारण २२ जनाको मृत्यु भएको छ।
सोमबार अफगानिस्तानको पश्चिममा भूकम्प आएको थियो। युएस जियोलोजिकल सोसाइटी (यूएसजीएस) का अनुसार, ४.९ र ५.३ तीव्रताको दुई भूकम्पले उत्तर–पश्चिम प्रान्त बडघिसलाई प्रभावित गरेको थियो जहाँ घर र भवनहरु ढलेका थिए।
सरकारी प्रवक्ताका अनुसार ७ सय भन्दा धेरै घर भत्किएका छन्। पुरानो संरचनामा कमजोर खालका घरहरु भएका कारण आफगानिस्तानमा भूकम्पले धेरै क्षति पुर्याउन सक्ने बताइएको छ।
प्रान्तको राजधानी काला एनौबाट करिक ५० किमी पर भूकम्पको केन्द्र रहेको जनाइएको छ।