उदयपुर । चौदण्डीगढी नगरपालिका–९ भीमामा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।
बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको को.प्र ०५–००२ प २४५२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–७ बेल्टार बजार बस्ने २८ वर्षीय मौसम राईको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।