इटहरी । फुजिसान सगरमाथा स्कुलले नाटक प्रदर्शन गरेको छ।
कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले नेपाली पाठ्यपुस्तकमा समावेश रहेको ‘घरको माया’ एकाङ्कीलाई नाटकमा रुपान्तरण गर्दै नाटक प्रस्तुत गरेका हुन् ।
पुस्तकमा रहेका विषयवस्तु पढेर मात्र होइन जीवनोपयोगी शिक्षा पाउनुपर्छ भन्ने उद्देश्यले नाटक आयोजना गरिएको स्कुलका निर्देशक राकेश श्रेष्ठले जानकारी दिएका छन्।
नाटकमा सहजीकरण कलालय इटहरीले गरेको थियो भने नाटक निर्देशन कलालयका विकास श्रेष्ठले गरेका थिए। कार्यक्रममा स्कुलका अभिभावक, शिक्षक, कलालय इटहरीका अध्यक्ष सोनु जयन्ति र कलालय समुह तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।
फुजिसान सगरमाथा स्कूलले पाठमा रहेका विषयवस्तुलाई विद्यार्थी स्वयंको सलाग्नतामा क्रियाकलाप गरिएमा सहतापूर्वक विद्यार्थीले बुझ्ने र लामोसमयसम्म सम्झिरहने भएकाले विभिन्न समयमा नाटक तथा अन्य जिवनउययोगी क्रियाकलाप आयोजना गर्ने गरेको श्रेष्ठले बताए।