काबुल । अफगानिस्तानमा शुक्रबार भएको विस्फोटमा कम्तीमा १६ जनाको ज्यान गएको छ भने १०० जना हताहती भएको आशंका छ ।
कंधारको शिया मस्जिद इमाम बरदरगाह मस्जिदमा विस्फोट भएको बीबीसीले उल्लेख गरेको छ । विस्फोटमा परी अन्य ३२ जना घाइते भएका छन् ।
विस्फोट कसले गराएको हो भन्ने विषयमा भने कुनै विवरणहरु प्राप्त भएका छैनन् ।