काठमाडौं । भारतमा २४ घण्टामा थप ४ हजार २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार करिब तीन महिनापछि गत शुक्रबार भारतमा दैनिक कोरोना सङ्क्रमण ४ हजार नाघेको थियो।
गत मार्च ११ मा कोरोना संक्रमितको संख्या ४ हजार १९४ पुगेको थियो। गत शुक्रबार चार हजार ४१ जनामा संक्रमण पुष्टि भएको थियो।
त्यसपछि कोरोनाको संक्रमितको संख्या घट्दै गएको थियो। हाल भारतमा कोरोनाका सक्रिय संक्रमितको संख्या २४ हजार ५२ छ।