बीबीसी । जम्मू कश्मीरमा बिहीबार राती सुरक्षाकर्मीसँग भिडन्तका दुई घटना भएका छन् । श्रीनगरमा पहिलो भिडन्तमा लस्कर–ए–तैयबाका दुई आतङ्ककारी मारिएका छन्।
दोस्रो भिडन्त अवन्तिपुरामा भएको थियो। त्यहाँ टिभी कलाकार अमरिन भट्टको हत्यामा संलग्न दुई आतंककारी मारिएका छन् ।
कश्मीरका आईजी विजय कुमारले मारिएका विद्रोहीहरूबाट एक एके–४७ राइफल र एउटा पेस्तोल बरामद गरिएको बताएका छन्।
उनका अनुसार पछिल्लो तीन दिनमा प्रहरीले भिडन्तमा १० चरमपन्थी मारेको छ । जसमध्ये ७ जना लस्कर–ए–तैयबासँग र तीन जना जैश मोहम्मदसँग सम्बन्धित थिए ।
पछिल्लो समय कश्मीरमा आतंकवादी र सुरक्षा बलबीच झडप बढेको छ । केही दिनअघि उपत्यकामा काश्मिरी पण्डित राहुल भट्टको हत्यापछि काश्मिरी पण्डितहरूको प्रदर्शन जारी छ र सरकारविरुद्ध आक्रोश देखिएको छ।