काठमाण्डौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
कोरोनाको सामान्य लक्षण देखिएपछि गरिएको परीक्षणमा संक्रमण देखिएको हो ।
९५ वर्षीया महारानीका छोरा युवराज चार्ल्सलाई अघिल्लो साता कोरोना संक्रमण देखिएको थियो ।
युवराज र महारानीबीच संक्रमण पुष्टि हुनुअघि भेट भएकाले आशंका गरिएको थियो ।