फिलिपिन्समा गोली चल्दा सुतिरहेका चार जनाको मृत्यु

न्युजलय २३ कार्तिक २०७९, बुधबार ०७:३२ मा प्रकाशित

मनिला । अज्ञात बन्दुकधारीले सुतिरहेका मानिसहरूमाथि गोली चलाउँदा चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । फिलिपिन्सको दक्षिणी बासिलान प्रान्तमा स्थानीय समय अनुसार बिहान ५ बजे लमितान शहरमा गोली चलेको प्रहरीले जनाएको छ। आक्रमणमा विवाह मनाउन प्रयोग गरिएको अस्थायी मञ्चमा सुतिरहेका पीडितको घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले एक दर्जन राउण्ड गोली र एक एम १६ असल्ट राइफल बरामद गरेको छ। उनीहरूले आक्रमणको कारण र गोली प्रहार गर्नेहरूको पहिचानबारे अनुसन्धान गरिरहेका छन् ।