काठमाडौं । अफगानिस्तानमा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या नौ सय पुगेको छ । मङ्गलबार आएको भूकम्पका कारण भवनहरु भत्कनुका साथै पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । ६०० भन्दा बढी मानिसहरु घाइते रहेको र उनीहरुको उपचार भइरहेको बताइएको छ ।
तालिवान सरकारले मृतकको आधिकारिक जानकारी दिएको हो ।
पक्टिटा र खोस्ट प्रान्तमा बढी क्षति भएको छ । ६.२ म्याग्निट्युडको भूकम्प बुधबार विहान गएको हो । खोस्ट प्रान्तमा पाकिस्तानको सीमा नजिकै भूकम्पको केन्द्रबिन्दु रहेको जनाइएको छ ।