काठमाडौं । माल्दिभ्सको राजधानी मालेमा रहेको एउटा भवनमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ । उक्त भवनमा विदेशी कामदार बस्दै आएका थिए ।
भवनको भुईं तलामा रहेको कार मर्मत गर्ने ग्यारेजमा आगलागी भएको हो । उक्त घटनामा नौ भारतीयसहित एक बंगलादेशी नागरिकको मृत्यु भएको छ । यस घटनामा धेरै मानिस घाइते भएका छन् ।
भवनमा आगलागी भएपछि माथिल्लो तलाबाट १० जनाको शव निकालिएको अधिकारीहरूले बताएका छन् । भवनको भुइँ तल्लामा रहेको कार मर्मत गर्ने ग्यारेजमा आगलागी भएको हो ।
आगो नियन्त्रणमा लिन करिब चार घण्टा लागेको थियो । मृत्यु हुनेमा नौ भारतीय र एक बंगलादेशी रहेको प्रहरीले जनाएको छ ।
मालेमा भएको आगलागीमा भारतीय नागरिकसहित १० जनाको मृत्यु भएको माल्दिभ्सस्थित भारतीय उच्चायोगले दुःख व्यक्त गरेको छ ।