अफगानिस्तानका मध्य क्षेत्रमा बाढी, ५० जनाको मृत्यु

न्युजलय ६ जेठ २०८१, आइतबार ०१:५५ मा प्रकाशित

काठमाडौँ । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षाको कारणले बाढी आएको छ। भारी वर्षाका कारण पानीको सतह एक्कासी बढेको र धेरै मानिस बेपत्ता भएका अधिकारीहरुले बताएका छन् ।

बाढीका कारण हजारौं जनावर मरेका छन् भने दुई हजारभन्दा बढी घर ध्वस्त भएको बीबीसी समाचारमा उल्लेख छ।

गत हप्ता अफगानिस्तानको उत्तरी क्षेत्रमा बाढी आएको थियो र तीन सयभन्दा बढीको मृत्यु भएको थियो ।

अफगानिस्तानको मौसम विभागले आगामी दिनमा धेरै क्षेत्रमा भारी वर्षा र बाढीको सम्भावना व्यक्त गरेको छ र यस सम्बन्धमा चेतावनी पनि जारी गरेको छ।