भारतमा ओमिक्रोन भेरियन्टको पहिलो संक्रमित फेला

न्युजलय २४ चैत २०७८, बिहिबार ०२:१३ मा प्रकाशित

काठमाण्डौ ।  भारतमा ओमिक्रोन एक्सई भेरियन्टको पहिलो संक्रमित फेला परेको छ । 

मुम्बईमा ओमिक्रोन एक्सईका बिरामी फेला परेको पुष्टि भएको छ । यो नयाँ भेरियन्टमा सर्न सक्ने क्षमता यसअघिका सबै कोरोनाका प्रजातिहरुमा बढी रहेको वैज्ञानिकहरुले बताएका छन् ।

यो भेरियन्ट सबैभन्दा पहिला बेलायतमा फेला परेको थियो । विश्व स्वास्थ्य संगठनका अनुसार यो कोभिड–१९ को ओमिक्रोन बीए–टु प्रजातिभन्दा भन्दा १० प्रतिशत बढी सर्न सक्ने क्षमता रहेको छ । अहिलेसम्म ओमिक्रोनको बीए–टु प्रजातिलाई कोभिड–१९ को सबैभन्दा संक्रामक मानिएको छ ।

 ओमिक्रोन एक्सई भेरियन्ट फेला परेका ती भारतीयको अवस्था भने सामान्य रहेको स्वास्थ्य अधिकारीको भनाइ छ ।

रिपोर्टअनुसार बिरामी हुनेमा एक महिला रहेको र उनी फेब्रुअरी १० मा दक्षिण अफ्रिकाबाट मुम्बई आइपुगेकी थिइन् ।