काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पूर्वप्रधानन्यायाधीश गुल्जार अहमदलाई प्रधानमन्त्री बनाउन सिफारिस गरेका छन् ।
प्रधानमन्त्री खानको सिफारिसमा संसद विघटन गरेका राष्ट्रपति डा.आरिफ अल्भीले केयर टेकर सरकारको नेतृत्व गर्ने व्यक्तिको नाम दिन खान र विपक्षी दलका नेता शेहबाज सरिफलाई पत्र लेखेका थिए ।
राष्ट्रपतिकै पत्रका आधारमा खानले गुल्जार अहमदलाई प्रधानमन्त्री सिफारिस गरेका हुन् ।
संसदमा अविश्वासको प्रस्ताव पारित भएर सरकार छाड्नु पर्ने स्थिति आएपछि इमरानले अविश्वास प्रस्तावलाई खारेज गर्न लगाउँदै संसद विघटन गरेका थिए ।
राष्ट्रपतिले केयर टेकर सरकार नबन्दासम्म इमरानले नै सरकार चलाउने स्पष्ट पारेका छन् ।
पाकिस्तानको संविधानमा संसद विघटन गरेर मध्यावधी चुनावमा जाँदा स्वतन्त्र व्यक्तिको नेतृत्वमा केयर टेकर सरकार बनाउने प्रावधान छ ।