अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का

न्युजलय ८ असार २०७९, बुधबार ०९:०१ मा प्रकाशित

काठमाडौं । बुधबार बिहान अफगानिस्तानमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ।


अमेरिकी जियोलोजिकल सर्भे (यूएसजीएस)का अनुसार आफगानिस्तान र पाकिस्तानको बाक्लो बस्ती भएको स्थानमा महसुस गरिएको भूकम्प ६.१ म्याग्निच्युडको थियो। 


भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको दक्षिणपूर्वी सहर खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ।


अहिलेसम्म भूकम्पमा परी मृत्यु वा कुनै पनि क्षतिको समाचार भने आएको छैन। 


भूकम्पको धक्का अफगानिस्तानको काबुलदेखि पाकिस्तानको इस्लामावादसम्म महसुस भएको थियो।