काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेर ३ लाख ९ हजार ९ सय पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ७० रुपैयाँले वृद्धि भई ५ हजार ३३५ कायम भएको छ।