सांघाई । चीनमा फेरी कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । सांघाई सहरमा गत मार्चमा ३ जनाको मृत्यु भएको छ ।
सांघाई स्वास्थ्य आयोगले मृत्यु भएका व्यक्तिहरू ८९ देखि ९१ वर्षका रहेको जनाएको छ । तीनै जनाले कोरोनाविरुद्धको खोप भने लगाएका थिएनन् । मार्च अन्त्यमा ९ दिनका लागि भनेर लगाइएको लकडाउन हाल चौंथो सातामा प्रवेश गरेको छ । सहरका सबै नागरिकको सामूहिक परीक्षण गर्न लागिएको जनाइएको छ ।
सहरमा जारी निषेधाज्ञाका कारण लाखौं मानिसहरू घरभित्र बस्न बाध्य छन् । सांघाईको जनसंख्या हाल २ करोड ६० लाख हाराहारी छ ।