कोलम्बियामा खानी दुर्घटना हुँदा १३ जनाको मृत्यु

न्युजलय १७ फाल्गुण २०७८, मङ्गलबार १०:५४ मा प्रकाशित

काठमाडौँ । कोलम्बियामा भएको खानी दुर्घटनामा परी १३ जनाको मृत्यु भएको छ ।

कोलम्बियाको उत्तरी क्षेत्रमा पर्ने ला चापा भन्ने स्थानमा रहेको एक कोइला खानीमा विस्फोट भएको हो ।

स्थानीय अधिकारीका अनुसार सो क्षेत्रमा रहेको खानीमा यसअघि पनि विस्फोट भएर कैयौँ नागरिकको ज्यान गएको थियो ।

खानी भित्र रहेको ग्याँस विस्फोटमा परेर त्यहाँ कार्यरत मजदुरको ज्यान गएको बताइएको छ ।