नाइजेरियामा अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा १०० जनाको मृत्यु

न्युजलय ११ बैशाख २०७९, आइतबार ०९:२८ मा प्रकाशित

काठमाडौं । नाइजेरियाको दक्षिणी क्षेत्रमा भएको अवैध तेल प्रशोधन केन्द्रमा विस्फोट हुँदा कम्तीमा एक सय जनाको मृत्यु भएको छ।


प्रहरीका अनुसार यो विस्फोटन शुक्रबार भएको हो। तेल प्रशोधन केन्द्रमा विस्फोट भएको प्रहरीले पुष्टि गरे पनि हताहतको विवरण भने पूर्ण रुपमा दिएको छैन।

 

पहिचान नखुल्ने गरी धेरै शवहरू भुइँमा छरपस्ट रहेको र ज्यान जोगाउन भागेकाहरु रुखका हाँगाहरुमा चढेका सञ्चार माध्यमले जनाएको छ।

नाइजेरियाका स्थानीय सञ्चार माध्यमले १०० जना भन्दा धेरैको मृत्यु भएको जनाएका छन्।


यो तेल खानी नाइजेरियाका ठूला तेलखानी मध्ये एक रहेको जनाएका छन्। प्रहरीका अनुसार शुक्रबार अवैध तेल प्रशोधन केन्द्रमा बिस्फोट भएको थियो। जहाँ अपरेटर र उनका संरक्षक व्यापारको लागि भेला हुने गर्थे।