भारतमा २४ घण्टामा तीन हजारलाई कोरोना संक्रमण

न्युजलय १७ बैशाख २०७९, शनिवार १२:५७ मा प्रकाशित

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमितको संख्यामा हरेक दिन वृद्धि भइरहेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसका ३ हजार ६८८ नयाँ संक्रमित भेटिएका छन् ।

२४ घण्टाको अन्तरालमा ५० बिरामीको मृत्यु भएको छ । सक्रिय संक्रमित पनि बढेर १८,६८४ पुगेको छ ।

भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको कुल आँकडा ५ लाख २३ हजार ८०३ पुगेको छ ।

भारतमा कोरोना संक्रमणका कारण निको भएकाहरुको संख्या ४,२५,३३,३७७ पुगेको छ ।