काठमाडौं । श्रीलंकाले आफू टाट पल्टिएको घोषणा गरेको छ । त्यहाँका प्रधानमन्त्री रनिल विक्रेमासिंघेले देश टाट पल्टिएको बताएका हुन् ।
विदेशी मुद्राको अभावमा महिनौंदेखि धर्ममराउँदै आएको अर्थतन्त्र उठ्नै नसक्ने गरी ढलेको उनको भनाइ छ ।
देश बाहिरबाट कुनै पनि सामग्री खरिद गर्न नसक्ने अवस्थामा पुगेको र विदेशी ऋणको ब्याज भुक्तानी गर्ने अवस्था पनि नरहेको प्रधानमन्त्री विक्रमासिंघेले बताएका छन् ।
श्रीलंकाका सामु इन्धन, ग्यास, विद्युत र खाद्यान्न अभावको समस्या मात्रै छैन । अवस्था त्योभन्दा निक्कै भयावह रहेको उनले बताए । त्यहाँको संसदलाई सम्बोधनका क्रममा प्रधानमन्त्रीले समस्या अझ चर्कियो भने के हुन्छ भन्न नसकिने पनि बताए ।