उडिरहेको विमानमा आगो लागेपछि.....

न्युजलय ५ असार २०७९, आइतबार ०२:११ मा प्रकाशित

काठमाण्डौ । बिहारको राजधानी पटनामा विमान आकस्मिक अवतरण गरिएको छ । विमानमा १८५ यात्रु सवार थिए । विमान पटनाबाट दिल्ली आउँदै थियो ।

बिबिसी हिन्दीका अनुसार विमान स्पाइस जेटको थियो। उडान भर्ने क्रममा विमानको इन्जिनमा आगो लागेको जानकारी प्राप्त भएपछि विमानको आकस्मिक अवतरण गराइएको थियो ।

विमानका सबै यात्रु सकुशल रहेको बताइएको छ ।  विमानको देब्रे पखेटामा आगो लागेको हो । मानिसहरूले तलबाट विमानको इन्जिनमा आगो लागेको देखेका थिए ।

विमानमा प्राविधिक गडबडीका कारण आगो लागेको हुन सक्ने जनाइएको छ । विमानबारे इन्जिनियरिङ टोलीले अनुसन्धान सुरु गरेको छ ।