पूर्व मिस युक्रेन बन्दुक बोकेर युद्धमा

न्युजलय १९ फाल्गुण २०७८, बिहिबार ०२:०७ मा प्रकाशित

काठमाडौं । रुसले आफ्नो मुलुकविरुद्ध आक्रमण गरेपछि पूर्व मिस ग्राण्ड युक्रेन पनि आफ्ना सैनिकलाई साथ दिन युद्धमा लागेकी छिन् ।

सन् २०१५ मा मिस ग्राण्ड युक्रेन बनेकी अनास्टासिया लेनाले इन्स्टाग्राममा तस्बिरहरु सार्वजनिक गर्दै युद्धमा आफ्नो फौजलाई सघाउन आफू तयार रहेको बताएकी हुन् ।

उनले इन्स्टाग्राममा शेयर गरेका तस्वीरहरुमा उनले हातमा राइफल लिएको देखिन्छ ।

यसअघि टर्कीमा पब्लिक रिलेशन म्यानेजरको जागिर खाँदै आएकी उनले केही वर्षयता बन्दुक बोकेको, सैनिक कसरत गरेको र सिकार खेलेको जस्ता तस्बिरहरु शेयर गर्दै आएकी छिन् ।