चीनमा भवन भत्किँदा ५३ जनाको मृत्यु

न्युजलय २३ बैशाख २०७९, शुक्रबार १०:०४ मा प्रकाशित

काठमाडौं । चीनमा भवन भत्किँदा पुरिएर ५३ जनाको मृत्यु भएको छ। 


देशको हुनान प्रान्तमा भएको घटनामा परेकामध्ये १० जनालाई भने जिवितै उद्धार गरिएको अधिकारीहरूले शुक्रबार जानकारी दिएका छन्। 


प्रादेशिक राजधानी चाङ्साका मेयर झेङ जियान छिनले खोजी तथा उद्धार कार्य शुक्रबार ३ः०३ बजे दिउँसो अन्त्य भएको घोषणा गरिएको जानकारी दिए।

 

खोजी तथा उद्धार कार्यका लागि दर्जनौँ विज्ञ तथा उद्धारकर्ताहरु परिचालन गरिएको थियो । घटनास्थलबाट उद्धार गरिएका घाइतेहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ। 


आवासिय सो भवन गत अप्रिल २९ मा भत्किएको थियो। सुरुमा खोजी तथा उद्धार कार्य गर्न नसकिएकाले मानवीय क्षतिको स्पष्ट विवरण आउन सकेको थिए।