काठमाण्डौ । अमेरिकाको टेनेसी प्रान्तको मेम्फिस शहरमा १९ वर्षे युवकले फेसबुक लाइभ गर्दै गोली चलाउँदा दुई जना मारिएका छन् ।
मेम्फिस प्रहरीले बन्दुकधारीलाई पक्राउ गरेको वासिङ्टन पोस्टले लेखेको छ ।
फेसबुक लाइभ स्ट्रिमिङमा बन्दुकधारी एक स्टोरमा पसेर गोली चलाइरहेको देखिन्छ । बन्दुकधारी १९ वर्षे अश्वेत युवा हुन् ।
उनको पहिचान इजेकिल केलीका रूपमा भएको समाचारमा जनाइएको छ । उनले शहरका केही अन्य स्थानमा पनि गोली चलाएका थिए ।
गोली चलाइरहेका बेला उनको कार दुर्घटनामा परेको थियो । त्यसपछि प्रहरीले उनलाई हिरासतमा लिएको थियो । यो घटना हिजो भएको हो ।