इन्डोनेसियामा फेरि भूकम्पको धक्का महसुस

न्युजलय ७ असोज २०७९, शुक्रबार ११:०७ मा प्रकाशित

काठमाण्डौ । इन्डोनेसियामा फेरि भूकम्पको धक्का महसुस भएको छ । इन्डोनेसियाको उत्तरी सुमात्रा प्रान्तमा शुक्रवार(आज) ४.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जनाएको छ । 

भूकम्पका कारण हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ । भूकम्पका बारेमा राष्ट्रिय भूकम्प मापन केन्द्रले ट्विट गर्दै भूकम्पको म्याग्निच्युड ४.७ मापन गरिएको जनाएको छ ।

यसअघि अगस्ट २३ मा इन्डोनेसियामा भूकम्पको धक्का महसुस गरिएको थियो । त्यसपछि देशको पश्चिमी प्रान्त बेङ्कुलुमा ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

यसै क्रममा बिहीबार बिहान पश्चिमी मेक्सिकोमा ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।