काठमाण्डौ । सिरियाको समुद्री तटमा डुङ्गा दुर्घटना हुँदा ३४ जना शरणार्थीको ज्यान गएको छ ।
लेबनानबाट शरणार्थी बोकेर छुटेको डुङ्गा सिरियाको समुद्री तटमा दुर्घटना भएको बीबीसीले जनाएको छ ।
दुर्घटनामा परेका ३४ जनाको शव फेला परेको र २० जनालाई जीवितै उद्धार गरिएको सिरियाको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । उद्धार गरिएका उनीहरुको सिरियाली सहर टार्टसमा उपचार भैरहेको छ ।
डुङ्गा लेबनानको बन्दरगाह त्रिपोली नजिकै रहेको मिन्येहबाट छुटेको थियो ।