अफगानिस्तानमा वर्षा र बाढीले २१ जनाको मृत्यु

न्युजलय २९ साउन २०७९, आइतबार ०८:०० मा प्रकाशित

काठमाडौं । अफगानिस्तानमा भारी वर्षा र बाढीका कारण कम्तीमा २१ जनाको मृत्यु भएको छ ।


लोगार, वार्दाक र खोस्त प्रान्तमा परेको मुसलधारे वर्षा र बाढीका कारण उनीहरुको ज्यान गएको हो । ती क्षेत्रमा सयौँ घाइते भएका समाचार संस्था बख्तरले जनाएको छ ।  


बाढीका कारण देशको पूर्वी र मध्य क्षेत्रमा रहेका तीन प्रान्तका गाउँ र बस्ती प्रभावित भएका छन् ।


सयौँ घरहरूमा क्षति पुगेको छ । अफगानिस्तानको पूर्वी नुरिस्तान प्रान्तमा केहीदिन अगाडिको बाढीमा महिला र बालबालिकासहित ४० जनाभन्दा धेरैको ज्यान गएको थियो ।