इजिप्टमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, ४४ जना घाइते

न्युजलय २३ असार २०७९, बिहिबार ०९:१४ मा प्रकाशित

काठमाडौं । इजिप्टमा सवारी दुर्घटनामा परी कम्तीमा ८ जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनामा अन्य ४४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् । घाइतेहरूको स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको पनि जनाइएको छ ।  

 

दक्षिणी इजिप्टमा ट्रक र बस एक आपसमा ठोक्किएर दुर्घटना भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

 

दुर्घटनामा परेको बसमा ५६ जना यात्रु थिए । उनीहरू सुडानबाट आएका हुन् । दुर्घटनामा परेका अधिकांश सुडानका नागरिक नै रहेको जनाइएको छ ।


ट्राफिक नियमको कार्यान्वयनमा कमजोरी, बाटोको नराम्रो अवस्था, मर्मत नगरिएका सवारी साधनको प्रयोगलगायतका कारणले इजिप्टका सवारी दुर्घटना धेरै हुने गरेका छन् ।