काठमाडौं । अछाममा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ। अछामको तुर्माखाँद गाउँपालिका २ भुलुमा अमर विष्टको घर पुरिंदा तीन जनाको मृत्यु भएको हो।
पहिरोमा परि अमर विष्टका भाइ विरेन्द्र, छोरा संविधान र बुहारी हरिकलाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै, पहिरोमा परि नैना विष्ट गम्भीर घाइते भएकी छन्। गएराति १ बजेतिर घरमाथिबाट पहिरो आएको थियो।