काठमाण्डौ । भारतमा पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजारभन्दा बढी बिरामी भेटिएका छन् भने २३ जना संक्रमितको मृत्यु भएको छ ।
पछिल्लो केही दिनदेखि भारतमा कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ ।
स्वास्थ्य विभागको आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका १७ हजार ७० नयाँ संक्रमित भेटिएका छन् ।
भारतमा पाँच राज्यमा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । यी राज्यमा केरल पहिलो स्थानमा छ ।