विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बन्दै भारत

न्युजलय २८ असार २०७९, मङ्गलबार ०१:४९ मा प्रकाशित

काठमाडौं । भारत चीनलाई उछिनेर छिटै विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश बन्दैछ ।

राष्ट्र संघले सोमवार सार्वजनिक गरेको विश्वको जनसंख्या सम्भावना शीर्षकको प्रतिवेदनमा यस्तो बताएको हो । सन् २०२० मा चीनको जनसंख्या १ अर्ब ४२ करोड ६० लाख थियो ।

भारतको भने १ अर्ब ४१ करोड २० लाख थियो । प्रतिवेदनअनुसार आगामी वर्ष जनसंख्याको आधारमा भारतले चीनलाई उछिन्नेछ ।

यही नोभेम्बर १५ मा विश्वको जनसंख्या ८ अर्ब पुग्नेछ अनुमान प्रतिवेदनमा गरिएको छ । प्रतिवेदनअनुसा सन् २०५० सम्ममा ६१ देशमा जनसंख्या कम्तीमा १ पतिशतले घटनेछ । 

आगामी वर्षदेखि चीनको जनसंख्या घटने अनुमान गरिएको छ । त्यहाँको सरकारले सन् २०१६ देखि नै एक सन्तान नीति त्यागे पनि जनसंख्यामा उल्लेख्य वद्धि हुन सकेको छैन ।