काठमाडौं । भारतको जम्मू डिभिजनको पुन्च जिल्लामा सडक दुर्घटनामा परी ११ जनाको मृत्यु भएको छ।
मण्डी तहसीलको भारत–पाकिस्तान नियन्त्रण रेखामा मिनीबस दुर्घटना भएको हो ।
मिनीबस खाल्डोमा खसेर भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको बताइएको छ ।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ सेना र प्रहरीको टोलीले स्थानीय बासिन्दाको सहयोगमा उद्धार कार्य सुरु गरेको छ ।