नाइटक्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु

न्युजलय २० साउन २०७९, शुक्रबार ०४:०३ मा प्रकाशित

बीबीसी ।  थाइल्यान्डको एक नाइट क्लबमा आगलागी हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । अन्य ४१ जना घाइते भएको बीबीसीले जनाएको छ । 

चोनबुरी प्रान्तमा रहेको माउन्टेन बी नाइट क्लबमा बिहीबार राति आगलागी भएको प्रहरीले जनाएको छ । 

भित्तामा रहेका ज्वलनशील पदार्थले आगो झन् बढाएको हुनसक्ने उद्धारकर्ताहरूले बताएका छन् । अग्नि नियन्त्रकले करिब दुई घण्टाको मेहनतपछि आगोलाई नियन्त्रणमा लिएका थिए । आगो लाग्नुका कारण भने खुल्न सकेको छैन । 

यसैबीच थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चान ओचाले पीडित परिवारलाई क्षतिपुर्ति प्रदान गरिने बताउँदै देशभरीका नाइट क्लबको सुरक्षा अवस्था सुधार गर्न निर्देशन दिएका छन् ।