जापानमा एकै दिन दुई लाख ५० हजार जनामा कोरोना सङ्क्रमण

न्युजलय २६ साउन २०७९, बिहिबार १२:०७ मा प्रकाशित

एजेन्सी । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको छ ।

यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार एकै दिनमा दुई लाख ५० हजार चार सय जनामा कोरोना सङ्क्रमण देखिएको हो । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । 

यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । 

जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमितहरु भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।