एजेन्सी । लिबियाको राजधानी त्रिपोलीमा बिहीबार र शुक्रबार भएको भीडन्तमा कम्तीमा नौ जनाको मृत्यु भएको छ । अन्य २५ जना घाइते भएका र तीमध्ये केही गम्भीर रूपमा घाइते भएको स्थानीय टेलिभिजनले बताएको छ ।
उत्तर अफ्रिकी मुलुकमा दुई प्रधानमन्त्री सत्ताका लागि भएको प्रतिष्पर्धाका क्रममा महिनौंदेखि तनाव बढ्दै गएको छ। ऐतिहासिक सम्झौताले त्रिपोलीलाई बलपूर्वक कब्जा गर्ने पूर्वी सैनिक प्रमुख खलीफा हाफ्तारले गरेको विध्वंसकारी प्रयास अन्त्य भएको दुई वर्षपछि पुनः द्वन्द्वको त्रास उत्पन्न भएको हो।