मेरिल्याण्डमा गोली प्रहारबाट पाँच जनाको मृत्यु

न्युजलय २५ भदौ २०७९, शनिवार ११:५१ मा प्रकाशित

एजेन्सी । संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको सेसिल काउन्टीको एक घरमा पाँच जना मृत अवस्थामा फेला परेका छन् । मृतकहरूमा दुई बयस्क र तीन बालबालिका छन् ।

सेसिल काउन्टी शेरिफको कार्यालयले विज्ञप्तिमा जनाएअनुसार एक पुरुषले बिहान फोन गरी तीन बालबालिका र एक महिलालाई गोली लागेर मृत्यु भएको जानकारी दिएका थिए।

सो जानकारीपछि सुरक्षा अधिकारीहरू सो निवासमा प्रवेश गर्दा मृतकहरूको शव विभिन्न स्थानहरूमा फेला पारेका थिए।

घटना बारे सक्रिय रूपमा अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन्।