सुडानमा भीषण वर्षामा परि ५२ जनाको मृत्यु

न्युजलय ३० साउन २०७९, सोमबार ०१:१५ मा प्रकाशित

काठमाडौं । सुडानमा भीषण वर्षाका कारण आइतबार रातिसम्म कम्तीमा पनि ५२ जनाको ज्यान गएको बताइएको छ।

उत्तरी कोरदोफान राज्यमा बाढीको बढी असर देखिएको छ। सो राज्यमा मात्र १९ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन्। 

रक्षा मन्त्रालयले दिएको जानकारीअनुसार उत्तरी र मध्य सुडानमा व्यापक वर्षा भएको छ। यहाँको दुई सय १९ हेक्टर क्षेत्रफल कृषियोग्य जमिनमा क्षति पुगेको छ। यस क्षेत्रका पाँच हजार भन्दा बढी घरमा क्षति पुगेको छ।

दुई दिनदेखि वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन भनिएको छ। यहाँ गएको जुन महिनादेखि नै वर्षा भइरहेको र मानवीय क्षति पुगेको छ।